Logo

गाउँमा आएको बाढीमा रगत जस्तो रातो पानी आएपछि ….



शनिवार जाभामा रहेको जेन्ग्गट गाउँमा बाढी पस्दा सबै पानी नै रगत जस्तो देखिएको थियो । सो क्षेत्र बाटीक भनिने परम्परागत कपडामा रङ्ग भर्ने कार्यको लागि प्रख्यात छ। सामाजिक सञ्जालमा हजारौँले रातो पानीका विभिन्न तस्बिर हालेका थिए। स्थानीय अधिकारीले नी तस्बिरहरू सही भएको पुष्टि गरेका छन्।

कपडामा रङ्ग लगाउने कारखानामा बाढी पसेपछि इन्डोनेशियाको एउटा गाउँ नै रातो पानीमा डुबेको छ। “यो रातो पानी बाटीक कारखानाका कारण भएको हो,” स्थानीय अधिकारी दिमस अर्गा योधाले रोयटर्स समाचारसंस्थालाई बताए। “वर्षाको पानीसँग मिसिएपछि केही समयपछि यो हराउँछ।”

सो क्षेत्रमा नदीहरूको पानी पनि बाटीक कारखानाले प्रयोग गर्ने रङ्गका कारण कहिलेकाहीँ फरक रङ्गका देखिने गरेका थिए। गत महिना त्यहाँको नदीमा चहकिलो हरियो रङ्गको पानी बगेको रोयटर्सले जनाएको छ।इन्डोनेशिया बाढीले धेरै प्रभावित हुने देशमध्ये हो। तल हेर्नुहोस तस्विर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता