भागरथी घटना प्रकरण:मोबाइबाट फेला पर्यो ‘क्लु’
भागरथी भट्टको ज्यान परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरुले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अ’पधा’रीको नजिक पुगिसकेको उनीहरुको भनाइ छ ।
घटना बुधबार अपरान्ह ३ बजेतिर भएको प्रहरीको अनुमान छ । घटना अनुसन्धान गर्न एसएसपी जनक पाण्डेको नेतृत्वमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, केन्द्रीइ अनुसन्धान ब्युरो
(सीआईबी), जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको टोलीलाई एकीकृत रुपमा परिचालन गरिएको छ ।
सीआईबीबाट निर्मला पन्तको प्ररकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका डीएसपी पञ्चकुमार बाखुको टोलीलाई नै भागरथीको मृत्युको छानबिनमा पनि खटाइएको छ ।
भागरथीको शवसँगै भेटिएको मोबाइल र त्यसको कल डिटेलबारे अनुसन्धान गर्न टोली खटिएको छ । प्रहरीले केही युवामाथि शंका गरेको छ ।
भागरथी अध्ययनरत विद्यालयका शिक्षक, नजिकका साथी, गाउँका मानिससँग उनको आनीबानीबारे सोधपुछ गरिरहेको छ । खोधपुछको दायरामा नआएका तर शंकामा परेकामािथ सूक्ष्म निगरानी गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई केही कल आएको थियो तर उनले रिसिभ वा कलब्याक गरेकी थिइनन् । विद्यालयबाट निस्कँदा चार जना सँगै थिए तर घरमा आमा एक्लै रहेको भन्दै भागरथी छिट्टै घर पुग्ने गरी साथीहरुबाट छुटेर हिँडेकी थिइन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको श’व फेला परेपछि पालिका नै शो’कमा डु’बेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक ज’ङ्गलमा मृ’त अवस्थामा श’व फेला परेको थियो ।
चडेपानीका केशब भट्टले अकल्पनीय घटना भएको बताउनुभयो । गाउँकी छोरीको ज्या’न ग’ए’पछि गाउँ नै शो’कम’ग्न भएको अर्का स्थानीय श’ङ्करद’त्त भट्टको भनाइ छ । उहाँले भन्नुभयो, “विद्यालयबाट फर्किने बेला घटना भएको छ, यस घटनाले आफ्नो छोरी चेलीहरूलाई विद्यालय पठाउनसमेत मु’स्कील भएको छ ।”
मृतक किशोरीका बुबाको दुई महिना अघिमात्रै मृत्यु भएको थियो । मृतकका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् । काखको छोरी गु’मा’उँदा मृतककी आमा द्रोपती भट्ट निकै पी’डा’मा रहनुभएको छ । श्रीमान् बि’तेको पी’डा’मै रहेका द्रोपतीलाई सन्तान गुमाउँदाको पी’डाले झ’नै थि’चे’को हो ।
भा’गरथी नराम्रो अ’वस्थामा फेला परेकीले क’र’णी ग’रि ज्या’न लि’एको आ’श’ङ्का आफन्तको छ ।मृतकको किशोरी भागरथीको श’व परीक्षण सम्पन्न भए पनि परीक्षणको रिपोर्ट एक दुई दिनभित्रै आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिनुभयो ।
मृतक किशोरीको श’व भने न’बुझेको भागरथीका काका शिवराज भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अ’प’रा’धी पत्ता लागेको छैन, आज श’व परीक्षण गरिएको भए पनि हामीले बुझेका छैनौँ ।” किशोरीको क’रणी प’छि ज्या’न लि’एको प्रारम्भिक अनुमानअनुसार प्रहरीले घटना भएको क्षेत्रमा सो दिन हिडडुल गर्नेलाई सोधपुछ गरिहेको छ ।
घटना श’ङ्का’स्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा बुधबार बिहीबार कुनकुन सवारी साधन सञ्चालन भएका थिए । ती सवारी साधनमा आवतजावत गर्ने व्यक्तिहरूलाई पनि सोधपुध भइरहेको खो’च’लेक प्रहरी चौकीका इञ्चार्ज मोती ब’मले बताउनुभयो ।
उहाँले भन्नुभयो, “किशोरीका गाउँका विद्यार्थी, सँगै पढ्ने सहपाठीहरूलाई पनि सोधपुध गरिरहेका छौँ ।”
घटनालाई ग’म्भी’ररुपमा लिएकोले अनुसन्धानलाई पनि ती’व्र ब’नाएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेर काम थालिसकेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेर काम थालिरहेको हो ।
यस घटनाको अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई खटाई अनुसन्धानमा प्राविधिक सहयोगका लागि छुट्टै टोली खटाइएको हो ।
यसका साथै धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक किशोरीले प्रयोग गरेको मोबाइल पनि भेटिएकोले अनुसन्धानमा थप सहज भइरहेको प्रहरीको भनाइ छ । मोबाइल भेटिएपछि कल डिटेललगायत गरेर अनुसन्धान जारी छ ।