Logo

खाना नबनाएको निहुँमा बञ्चरो प्र’हार गरी श्रीमतीको निधन



कास्की । श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति श्रीमती ४२ वर्षीया हरिमाया पुनको हत्या गरेको आरोपमा पोखरा महानगरपालिका(३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो।

पोखरामा डेरा गरी बस्दै आएका पुन पर्वत जलजला गाउँपालिका(७ धाइरिङका हुन् । उनले श्रीमतीलाई राति पौने ८ बजे धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार हरिमाया आफ्नै सुत्ने कोठामा मृत फेला परेकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा गमबहादुरलाई पोखरा महानगरपालिका(३३ लामगादीबाट पक्राउ गरिएको हो ।

गमबहादुरले खाना नबनाएको विषयमा आपसमा झगडा हुँदा श्रीमतीलाई बञ्चरो प्रहार गरेको अनुसन्धानबाट खुलेको डीएसपी हमालले बताए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता