Logo

गोंगबुमा ट्याक्सीमा आग’जनी, सुमोमा तो’डफो’ड



काठमाडौँ । प्रचण्ड–नेपाल समूहले आव्हान गरेको आमहड्तालका क्रममा काठमाडौँको गोंगबुमा एउटा ट्याक्सीमा आजगनी भएको छ ।

प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा बिहानै आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले आगजनी गर्नेहरूको खोजी भइरहेको जनाएका छन् ।

यस्तै सोही क्षेत्रमा ना १ ज ८८५९ नम्बरको सुमोमा पनि तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

ट्याक्सीमा आगजनी र सुमोमा तोडफोड भएको क्षेत्र आसपासमा बन्द गराउँदै हिँडेका केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सरकारले अवैधानिक तवरले संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै नेकपाको दाहाल(नेपाल समूहले आज आमहड्ताल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता