Logo

स्मीता र राहुलबिच यस्तो भयो सहमति, अन्तिम पल्टको भेटमा राहुलले दिए स्मीताको गल्तीको माफी (भिडियो हेर्नुस्)



पछिललो समय चर्चामा रहेको तनहुँको एक घटनामा नयाँ ट्वीष्ट आएको छ । राहुल गुरुंगले उनकी श्रीमति स्मिताले गरेको गल्तीलाई माफी दिने भनेका छन् । फेरी उनले भनेका छन् की राहुल भारतीय सेनाको पल्टनमा हुँदा राहुनको घरमा आउन र बस्न सक्छिन् ।

राहुलले उनको छोरीको भविश्य हेरेर यस्तो गरेको बताएका छन् । उनले स्मिताको माया पनि असाध्यै लाग्ने तर स्मिताले यस्तै गल्ती फेरि गर्ने हुन् की भन्ने लागेर अलग हुन लागेको बताए । स्मिताले पनि राहुलको र छोरीको माया लागेपनि समाजका कारण अलग हुनु नै ठिक भएको बताएकी छिन् ।

भारतीय लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी भताभुंग भयो ।

स्मीतालाई जनकपुरका नारायण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे । स्मीतालाई विश्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् ।

उनी हराएपछि स्मीताका श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमाडौको एक होटलमा नारायणसंग फेला पारे । तर जब स्मीतालाई उनका आफन्तले फेला पारे त्यसपछि स्मीताले नारायणको वास्तविकताका बारेमा थाहा पाइन् ।

नारायणले आफु अविवाहित भएको र परिवारमा कोही छैन भनेर झुटो बोलेका थिए । उनीहरुबीच ८ महिना देखि सामाजिक सञ्जालमा कुरा हुँदै गयो । तर त्यती विश्वासमा पारेर काठमाडौ बोलाएका नारायणले स्मीतालाई बेच्ने उद्देश्य राखेका थिए भन्ने कुरा जब उनले थाहा पाइन त्यस पछि उनी छाँगावाट खसेजस्तो भइन् ।

अहिले उनी निकै पछुताएकी छन् । तर गल्ती भइसक्यो । उनले आफुले गल्ती स्वीकार गर्दै अन्तिम पटक आफ्ना श्रीमानसंग एउटै फ्रेममा आए । तर जव स्मीताले गल्ती स्वीकार गरिन् त्यती बेला सम्म उनको जिवनले अर्कै मोड लिइसकेको छ । पछि दुवै जनाले सहमति मै सम्बन्ध विच्छेद गर्ने निर्णय गरे । जब अन्तिम पटक उनीहरु भेटिए त्यसबेला दुवैले आफुलाई सम्हाल्न सकेनन् ।

स्मीता बोल्नै सकिनन् भने राहुलको आँखा भरिएर आयो, गला अवरुद्ध भयो । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी स्मीता काठमाडौको होटलमा जनकपुरका नारायण यादवसंग भेटिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता