Logo

काठमाडौंको तापक्रम ३।५ डिग्री सेल्सियस, भोलिबाट हिमपात र वर्षा हुने



काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू(भागमा आशिंक बदली रहेको छ भने बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।

बुधबार देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू(भागमा आंशिक बदली साथै अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू (भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

काठमाडौंको आजको न्यूनतम तापक्रम ३।५ डिग्री सेल्सियस रहेको छ । विहान ५ः४५ बजेको तापक्रम ३।५ डिग्री सेल्सियस मापन गरिएको हो ।

मौसमविद् का अनुसार दिउँसो काठमाडौंको तापक्रम १७–१९ डिग्री सेल्सियस रहने छ भने मौसम सफा रहने छ ।

तराईमा बाक्लो हुस्सुु लागेको छ । जसका कारण तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
मौसमविद्का अनुसार पूर्वी तराईमा लागेको हुस्सु साँझसम्म रहने तर पश्चिम तराईमा अपरान्ह्पछि हट्दै जानेछ । भोलिबाट मौसमा बदली सुरु हुनेछ । उक्त बदलीसँगै हिमपात र वर्षा हुने श्रेष्ठको भनाइ छ ।

हाल पाकिस्तान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी न्यून चापीय प्रणाली भोलिबाट नेपाल प्रवेश गर्ने र सो प्रणालीका कारण बिहीबार देशको पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही भू–भागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

उक्त मौसमी प्रणाली पूर्व सर्ने क्रममा शुक्रबार प्रदेश २ का केही र अन्य प्रदेशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता