Logo

ओली समूहमा प्रवेश गरे जसपा नेता यादव, ओलीले गरे स्वागत



काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा०का नेता शिवजी यादव केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । पूर्वसांसद समेत रहेका नेता यादवलाई प्रधानमन्त्री ओलीले मंगलबार पार्टीमा स्वागत गरेका हुन् ।

जनतामा जाने ओलीको निर्णयलाई समर्थन गर्दै आफू उहाँसँग गएको यादवले बताए । मुलुकलाई अस्थिरतामा धकेल्ने खेल भइरहेको छ। जनतामा जाने निर्णयलाई समर्थन गर्दै म नेकपामा आवद्ध भएको हो।मलाई पार्टीले जुन जिम्मावारी दिन्छ, त्यसमै रहेर काम गर्छु।

म पहिला पनि एमालेमै थिएँ,’ यादवले भने । महोत्तरीका यादव दोश्रो संविधान सभामा तत्कालीन समाजवादी फोरमका सांसद रहेका थिए । २०६३ को मधेस आन्दोलनपछि उनि मधेसी जन अधिकार फोरममा आवद्ध भएका थिए । एमालेमा रहँदा उनि वुद्धिजिवी र प्रवास कमिटीमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता