Logo

कैलालीको घोडाघाडीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको निधन



काठमाडौँ । कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको निधन भएको छ ।

ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई बताए ।

प्रहरीका अनुसार शनिबार राति ११ बजे म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका गोविन्द र मानबहादुरको घोडाघोडी अस्पतालमा उपचारको क्रममा निधनभएको हो।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता