Logo

बन्दै गरेको भवनको तला माथिवाट खसेर प्रेमको निधन



काठमाडौ । निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई हाल मथिनपा–६ कुण्डोल बस्ने मजदूर ४० वर्षीय प्रेम मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

घरको दोस्रो तलाबाट खसेलगत्तै अन्य मजदूरले उपचारका लागि मध्यपुर अस्पतालमा लैजाँदा उपचारका क्रममा मगरको मृत्यु भएको प्रहरीको भनाइ छ ।

व्यवसायीक ठेकदारहरुले मजदुरहरुलाई काममा लगाउनुअगावै उनीहरुको सामूहिक दुर्घटना विमा गर्ने गरेतापनि धेरैतिर यो प्रचलन सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता