Logo

अबदेखि भारतीय नागरिकले नेपाल आउँदा अनिवार्यरुपमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने



काठमाडौ । वर्षौंदेखि खुला रहेको नेपाल भारत सीमा नाकामा भारतीय नागरिकलाई गृहमन्त्रालयको स्वीकृत कागजात देखाउनु पर्ने भएको छ ।

अबदेखि भारतीय नागरिकले नेपाल आउँदा अनिवार्यरुपमा गृहमन्त्रालयको स्वीकृति लिएर मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरिएको हो । यो व्यवस्था सरकारले नेपाल–भारतसँग जोडिएका सीमानाका खुला गरेसँगै लागु गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार भारतीय नागरिक के प्रयोजनका लागि नेपाल आउने हो, सबै कारण खुलाएर गृहको स्वीकृतिपछि मात्रै प्रवेश पाउनेछन् ।

सरकारको निर्णयपछि कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा नाका पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।

सरकारले कोरोनाभाइरसको जोखिम नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । सरकारी निर्णयमा नाका बन्द भए पनि आवतजावत भने हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता