Logo

१४ बर्षको उमेरमै बहुनी र राइनीको श्रीमान बनेका गोपालले मिलाएर राखेका छन् दुई श्रीमतीलाई, सौतासौताको यस्तो छ माया (भिडियो हेर्नुहोस्)



काठमाण्डौ । ‘उराठ लाग्छ डाँडा पारी बन, निष्ठुरीको मायाले सारो पार्यो झन’ बोलको यो गीत गाउँदै आफुले विबाह गरेका दुई वटी श्रीमतीको माया र उनीहरुप्रतिको आफ्नो पनि मायालाई लजाउँदै बताउने गोपाल भट्टराईको प्रेम कथा अनौठोको छ ।

१४ वर्षकै उमेर आफुभन्दा २ वर्ष जेठी उमेरकी श्रीमती बिहे गरेका गोपालले फेरी पछि कान्छि श्रीमती पनि बिहे गरे । एउटा उखान छ दुई जोई कि पोई कुना बसी रोई भन्ने तर गोपाललाई कुना बसी रुन भने अहिलेसम्म परेको छैन ।

गोपालले दुईवटी श्रीमती बिहे गरेतापनि दुवैलाई मिलाएर राखेका रहेछन् । उनीसंग विबाह गर्ने दुई सौतासौतीको कुराबाट यो कुरा थाहा हुन आउँछ । गोपालले जेठी श्रीमती बिहे गर्दा आफु केवल १४ वर्षको थिए भने उनकी जेठी श्रीमती भने १६ वर्षकी थिईन् ।

आफुभन्दा कान्छालाई बिहे गर्दाको समयमा पनि उनी त्यति परिपक्क नभएको बताउँछिन् । यता गोपालले जेठी श्रीमती हुँदाहुँदै पनि इलाम घर भएकी कान्छी श्रीमतीलाई आफले विबाह नगरेको र विबाह गर्न चोहेका प्रस्ताव राखेका रहेछन् ।

कान्छीको कुरा सन्दा गोपाल भने हाँसि रहे । कान्छीले घरमा श्रीमती हुँदाहुँदै पनि आफुलाई अविबाहीत भनेर झुटो बोलेर फकाएको बताईन् ।

आखिर जे भएपनि गोपल त दुई श्रीमतीकै श्रीमान भनेर चिनिन्छन् । तर खुशीको र अचम्मको कुरा के भने जेठी जातमा बा’हुनी र कान्छी जातमा राईनी भएतापनि उनीहरु एउटै श्रीमान गोपालसंग मिलेर गरि खाई रहेकै छन् । गोपाल भन्छन्,‘उनलाई दुवैको उत्तिकै माया लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता