Logo

सरकार ढाल्न प्रचण्डलाई उकास्नेहरू माधव, झलनाथ र वामदेव नै हुन् : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पहिलो पटक प्रधानमन्त्री हुँदा सरकार ढाल्नको लागि पुष्पकमल दाहाललाई उकास्ने काम आफ्नै पार्टीका नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल र वामदेव गौतमले गरेको खुलासा गरेका छन् ।

बिहीबार प्रज्ञाभवनमा जिफन्टद्वारा आयोजित राष्ट्रिय भेलालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रतिनिधिसभामा उहाँहरुले अहिले स्थायित्वको कुरा गर्दै हुनुहुन्छ, आफ्नो लगभग लगभग दुई तिहाईको सरकार, त्यो नढालि नहुने, नतोडि नहुने, अघिल्लापल्ट मेरो नेतृत्वको सरकार ढाल्ने मान्छेहरु को को हुन रु तपाई हामी सबैलाई थाहा छैन

र रु पुष्पकमल दाहाल, उनी त अर्कै पार्टीमा थिए, तर पनि उनी हुन एकजना, तीनलाई उकासेर नढाली हुँदैन् भनेर भन्ने मान्छे माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम उहाँहरु नै हो ।

उहाँहरुले प्रचण्डलाई ढाल्नैपर्छ यो सरकार भनेर उकासेको हो । यीनै मान्छे हुन् । फेरि अर्कोपल्ट चुनावबाट हामी आयौं । फेरि पनि काम गर्न दिएनन् । तपाईहरुले अहिले मैले नाम लिएका मान्छेहरुले सरकारको पक्षमा बोलेको कहीँ सुन्नुभयो रु कहिल्यै बोल्नुभएन् ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता