Logo

हङकङबाट ल्याइएका साढे ३ करोडसम्मका टेस्ला चढ्ने यी हुन् नेपाली



एलन मस्क अर्वपति भएपछि उनको कम्पनी टेस्लाको पनि अहिले चर्चा सुरु भएको छ । सोही कम्पनी हो जसले एलनलाई अर्वपति बनायो । निकै महंगो कार उत्पादन गर्ने टेस्लाको वजार पनि विश्वव्यापी छ । अर्वपतिहरुको रोजाई बनेको टेस्ला नेपाल पनि भित्रिएको छ ।

यस्तो महंगो र विलासी कार नेपालमा कसले चढेको छ रु त्यो पनि चासोको विषय बनेको छ । नेपालमा अहिले टेस्लाका ७ वटा कार नेपाल भित्रिएको छ । दुई कम्पनीले यि कार नेपाल भित्र्याएका हुन् । जसमध्य ३ वटा कार अहिले नेपालमा गुडिरहेका छन् । दुईवटा भन्सार प्रकृयामा छन् । दुईवटा कार निर्यात कम्पनी आफैले प्रयोगमा ल्याएको छ । नेपालमा टेस्ला हङकङबाट भित्रिएको हो ।

श्रीमा डिस्ट्रिब्युटर्स प्रालि र अरेत इन्टरनेश्नल प्रालिले एक्स लङ रेञ्ज मोडलका गाडी हङकङबाट नेपाल भित्र्याएको हो ।एक्स मोडलका दुईवटा कारमध्ये एउटामा सिद्धार्थ बैंकका अध्यक्ष मनोज कुमार केडिया चढ्दै आएका छन् भने अर्को श्रीमा डिस्ट्रिब्युसन आफैँले प्रयोगमा ल्याएको छ।

अरेतले भित्र्याएका मोडल३का तीनवटा गाडीमध्ये एउटा विश्वनाथ ट्रेड हाउसका सञ्चालक तरुण प्रताप शाहले चढ्दै आएका छन्। उनी अनलाइन मिडिया नेपाल समय प्रालिका प्रबन्धनिर्देशक समेत हुन्।

टेस्लाका कारधनीलाइ हस्तान्तरण गरिँदै। तस्बिरः टेस्ला नेपालरफेसबुक
मोडल ३ को अर्को गाडी नेबिको बिस्कुट इन्डस्ट्रिज बालाजुको नाममा बिक्री भएको छ भने एउटा कम्पनी आफैँले प्रयोगमा ल्याएको जनाइएको छ । नेपालमा अहिले यसको मूल्य १ करोड २५ लाख रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता