Logo

महामारीमा काम गरेका प्रहरीलाई नै दिएन सरकारले कोरोनाको खोप



काठमाडौं । महामारीमा काम गरेका प्रहरीलाई नै दिएन सरकारले कोरोनाको खोप
सरकारले कोरोनाको खोप प्रहरीकालागि छुट्याउन बिर्सेको छ । उनीहरु महामारीमा जोखिम लिएर अग्रपंक्तिमा खटिएका हुनाले खोपको स्वत प्राथमिकतामा थिए ।

तर फ्रन्टलाइनर प्रहरीलाई नै कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने भन्ने विषयमा सरकारले सूचीसमेत तयार पारेको छैन ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई कोभिड खोप लगाउने भन्दै बुधबारदेखि खोप अभियान सुरु गरेको छ ।
परिचालनको हिसाबमा अग्रपंक्तिमा रहने प्रहरीलाई खोप लगाउने सम्बन्धमा भने योजना बनाइएको छैन । सरकारले चासो नदिएपछि जोखिम मोलेर ड्युटीमा खटिने प्रहरीमा निराशा छाएको छ ।

नेपाल प्रहरीका ७ हजारभन्दा बढी कर्मचारीलाई कोरोना भइसकेको छ । केही कार्यालयमा कोरोना थप फैलन सक्ने डर देखिएको छ । यो समाचार नागरिक दैनिकमा

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता