Logo

विवाह गर्ने आश्वासन दिएर छ लाख ठ’गेर युवती फरार



एक युवतिले विवाहको आश्वासनमा एक युवकको ६ लाख भारु खर्च गराएर फरार छिन् । विवाह गर्ने भन्दै युवतिले पटक–पटक गरेर ६ लाख रुपैयाँ ठगेकी हुन् ।

कसरि भयो घटना ?

भारतको चर्चित साइट जीवन सादीडटकम मार्फत मनोज अग्रवालसंग एक युवति सम्पर्कमा आइन् । सामाजिक सञ्जाल मार्फत सम्पर्कमा पुगे लगत्तै उनीहरुविच विवाहको कुरा भयो ।

जब मनोजले जीवनसाथी डटकममा आफ्नो प्रोफाइल राखे लगत्तै प्रियंका सिंह नामक युवतिको रिक्वेष्ट आयो । उनीहरुविच कुराकानी बाक्लिन थाल्यो । आफुलाई बिहारको बासिन्दा बताउने युवतिले बाबु आमाको निधन भइसकेको र काकीसंग बस्दै आएको र दिल्लीमा पढ्दै गरेको जानकारी दिइन् ।

त्यहि विचमा मनोजका अभिभावक र प्रियंकाको काकीविच कुराकानी पनि भयो । यहि विचमा प्रियंकाले आफुले आइएएसको तयारी गर्दै गरेको जानकारी दिइन् । यहि बहानामा युवतीले पैसा माग्न थालिन् । १० हजार, २० हजार, ५० हजार गर्दै मनोजले ६ लाख रुपैयाँ बुझाए ।

पछिल्लो छ महिनादेखी उनीहरु ह्वाट्एपमा च्याट गर्थे । केही पटक भेटघाट पनि भयो । उनीहरु विच विवाह गर्ने सहमति भयो । मनोज विवाहको तयारीमा लागे । तर, युवति फरार भइन् ।

यतिसम्म कि पछिल्लो पटक मनोजलाई भेटन युवति लखनउ आउदा जाने आउने टिकट मनोजले नै काटिदिएका थिए । सपिङ मलमा २ लाख बराबरको सपिङ पनि गरेका थिए ।

मनोजको भनाई अनुसार अन्तिम भेटमा युवतिले हैदराबाद जान्छु भनेर विदा भएकी थिइन् । अहिले प्रियंका मात्रै हैन उनको काकी भनिएकी महिलाको पनि मोबाइल फोन स्वीचअफ छ ।

मनोजले प्रियंकाको आधार कार्ड र प्यान कार्ड चेक गराउदा नक्कली भेटिएको छ । कागजपत्र फर्जी भेटिएपछि मनोज उजुरी लिएर प्रहरीकोमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता