Logo

बामपन्थी नेता कुँवरलाई प्रचण्डले दिए श्रद्धाञ्जलि



चितवन । ९४ वर्षको उमेरमा निधन भएका पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ लाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

चितवन पुगेर काजीबालाई प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिएका हुन् । मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या बेहोरिरहेका काजीबाको भरतपुर अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो ।

उनी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सल्लाहकार थिए । कुँवर वि।सं। १९८४ बैशाख १० गते लमजुङ जिल्ला बाङ्ग्रे–७ मा जन्मिएर चितवन गीतानगर, केशरवागमा बसोबास गर्दै आएका थिए ।

उनको जन्म बुबा ललितजंङग कुँवर र आमा पुतली कुँवरका कान्छा छोराको रुपमा भएको थियो । उनका २ छोरा र ४ छोरी छन् ।

भारतीय सेनाको सेवा सुविधालाई छोडेर देश र जनताका निम्ति क्रान्तिमा होमिएका कुँवरले कम्युनिष्ट पार्टीको सदस्यता २०११ सालमा लिएका थिए ।

२०३१ सालमा सम्पन्न चौथो महाधिवेशनबाट वैकल्पिक पोलिट्व्यूरो सदस्यमा निर्वाचित भएका उनी ०४३ सालको अन्त्य तिर गण्डक ब्यूरोबाट सरुवा भई नारायणी ब्यूरोमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता