Logo

मुलुकभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा बाक्लो हुस्सु



काठमाडौँ । मुलुकभर आज पनि पश्चिमी वायुको सामान्य प्रभाव परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईमा भने बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । बाँकी भू(भागको मौसम सामान्यतय सफा रहेको छ ।

आज दिउँसो गण्डकी प्रदेश र प्रदेश न। १ का उच्चपहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज विहान काठमाण्डौको न्यूनतम २ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । सोमबार काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस थियो ।

गत पुस १६ गते काठमाण्डौको तापक्रम ० दशमलव ८ डिग्री सेल्सियसमा झरेको थियो । त्यसयता बिस्तारै न्यूनतम तापक्रम बढ्दै गएकोमा केही दिनयता फेरि घट्न थालेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको तीनको मौसम पूर्वानुमान वुलेटिनमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ १३ गते (मंगलबार)

दिउँसो स् देशका प्रदेश न। १ र गण्डकी प्रदेशको पहाडी भू(भागहरूमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका एकदुई स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ भने बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति स् प्रदेश न। १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १४ गते (बुधबार)

दिउँसो प्रदेश न। १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न। १ को उच्च पहाडी तथा हिमाली भू(भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ ।

राति स् प्रदेश न। १, बागमती प्रदेश, गण्डकी प्रदेशका भू(भागहरूमा आंशिक बदली रहि बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १५ गते ९बिहिबार०

दिउँसो देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न। १ को उच्च पहाडी तथा हिमाली भू(भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ।

रातिःप्रदेश न। १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता