Logo

निर्वाचन आयोगले २ अध्यक्ष भनेपछि घुमिफिरी म त आउने नै भएँ, ओली जी १ तपाई खुरुक्क बालुवाटार छाड्नुस्, आराम गरेर बस्नुस् : माधव नेपाल



काठमाडौ । निर्वाचन आयोगले विभाजित नेकपाका बारेमा दिएको निर्णयले फेरी तरंग उत्पन्न भएको छ । निर्वाचन आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मात्र चिन्ने भनेर निर्णय दिएपछि तरंग उत्पन्न भएको छ ।

आयोगको यस्तो निर्णयवाट प्रचण्ड नेपाल समुह उत्साहित देखिएका छन् । संसद विघटन विरुद्ध आन्दोलनरत नेकपाका एक जना अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको समूहलाई ‘धूलो छाप’ पार्टीको संज्ञा दिँदै निर्वाचन आयोगले आफुलाई अध्यक्ष नमाने पनि कुनै दुख नभएको बताएका छन्।

सोमबार बिहान काठमाडौंको पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा प्रदेश २ का कार्यकर्तालाई सम्बोधन गर्दै नेता नेपालले ओलीको ‘धूलो छाप’ पार्टीमा कोही नजान आग्रह गरेका हुन्।

उनले घुमीफिरी आफु अध्यक्ष बन्ने सम्भावना भएपनि प्रधानमन्त्री ओलीको भने अब सम्भावना सकिएको प्रतिकृया दिएका छन् । उनले भनेका छन् दुई अध्यक्ष हुनेछ भनेर लेखेको हुनाले घुमिफिरी म त आउने नै भएँ । केपी ओलीजी केही चान्स छैन तपाईंको । अनेक सेटिङ मिलाउँछु, हाम्रो जित हुन्छ, सूर्य चिन्ह हाम्रै हुन्छ भन्नेको केही अर्थ छैन । खुरुक्क बालुवाटार छाड्नुस्, आराम गरेर बस्नुस् ।

उनले दिएको मन्तब्य जस्ताको त्यस्तै९ ४४१ केन्द्रीय कमिटी मध्ये ४३४ जना हुनुहुन्छ । चार जना अरु पार्टीबाट आएकाले ९केन्द्रीय सदस्यको कुल संख्या० ४३४ भयो । उनीहरुमध्ये ३०० बढी हामीसँग छन्, ओलीसँग १०० सेरोफेरो छ । कहाँ ३००, कहाँ एक सय १ भनेपछि केपी ओलीसँग एक चौथाइ सेरोफेरोमा छ, हामीसँग ७० प्रतिशतभन्दा धेरै केन्द्रीय सदस्य छन् ।

निर्वाचन आयोगले पत्रमा लेखेको छ, ४४१ लाई आधार मान्छौं । त्यो ४५ लाई आधार मान्छौं । दुई अध्यक्षलाई मान्छौं पनि भनेको छ । माधव नेपाललाई मान्दिनँ पनि भनेको छ । तर, केही भएको छैन । कमरेड प्रचण्डलाई मान्छु भनेपछि उहाँको आधिकारिता रह्यो ।

केपी ओलीलाई त हामीले हटाइसकेका छौं, केपी ओली समाप्त १ केन्द्रीय कमिटीले अध्यक्ष पदबाट निकालिसकेपछि ‘ ९निर्वाचन आयोगले० अधिकार छ भनेर लेखेको छ । के लेखेको छ भने अनुशासनको कारबाही गर्ने त्यही पुरानो लागू हुनेछ ।

दुई अध्यक्ष हुनेछ भनेर लेखेको हुनाले घुमिफिरी म त आउने नै भएँ । केपी ओलीजी केही चान्स छैन तपाईंको । अनेक सेटिङ मिलाउँछु, हाम्रो जित हुन्छ, सूर्य चिन्ह हाम्रै हुन्छ भन्नेको केही अर्थ छैन । खुरुक्क बालुवाटार छाड्नुस्, आराम गरेर बस्नुस् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता