Logo

पशुपति नाथको मन्दिरमा सोमबार बिहानै श्रीमति सहित किन पुगे प्रधानमन्त्री केपी ओली ?  



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान पशुपति नाथ मन्दिर पुगेका छन् । उनी आफ्नी श्रीमति राधिका शाक्य सहित पशुपति नाथ मन्दिर पुगेका हुन् । उनको एक टोली त्यहाँ पुगेको थियो ।

यस्तो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् । सूर्य थापाले एक फेसबुक स्टाटस लेखेर फोटो राख्दै यस कुराको जानकारी दिएका हुन् ।

पशुपति मन्दिर क्षेत्रमा प्रधानमन्त्री ओलीले करिब एक घण्टा बिताएका थिए । सो अवसरमा कोषका सदस्य सचिव डा प्रदिप ढकालले पशुपति क्षेत्रमा भएका, हुँदै गरेका र आगामी विकासका योजनाबारे जानकारी गराएका थिए ।

 

सदस्यसचिव ढकालले भने, ‘पुनर्निर्माण लगायत यहाँका समसामयिक केही विषयहरुमा मैले जानकारी गराएँ, प्रधानमन्त्रीज्यूबाट स्वाभाविक रुपमा चासो व्यक्त भयो ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पशुपति क्षेत्रमा भएका विकासबारे जानकारी लिन प्रधानमन्त्री ओली पशुपति गएको बताए ।

‘विकासका कामबारे हेरिदिन एकदिन आइदिनुपर्ने भन्ने थियो, त्यहीअनुसार आज समय मिलाएर जानु भएको हो,’ थापाले भने । तस्वीर प्रधानमन्त्रीका प्रस सल्लाहकारको फेसबुक

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता