Logo

पूर्व माओवादी कमाण्डरहरुले दिए ओलीलाई साथ, जनमुक्ति सेना पनि ओलीकै पक्षमा, निराश भएको प्रचण्ड यसो भन्छन्



प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा पूर्व माओवादी कमाण्डरहरु लाग्ने संकेत देखिएको छ ।

माओवादीका पूर्व जनमुक्ति सेनाका दुबै संगठन ओलीका पक्षमा खुल्ने समेत भएपछि पूर्व माओवादी सुप्रिमो प्रचण्ड निराश भएका छन् । उनले भने, आमाको दूधले भएन, बाबुको घुँडो ।

प्रधानमन्त्रीले पूर्व जनमुक्ति सेनाका कमाण्डहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग भेटघाटका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ज न यु द्धका अवधिमा उनीहरुले पुर्याएको योगदान, त्याग र सपनाप्रति आफ्नो सम्मान रहेको सनुाएका थिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त भेटवार्ताबारे जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन्,– ‘पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा आयोजित भेटघाटका क्रममा सम्बोधन गर्दै भन्नुभएको छ ।

जन यु द्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रा न्ति को सपनाप्रति सम्मान छ । नेतृत्वले तपाहरूका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ ।

यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता