Logo

आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभाव, वर्षा हुन सक्ने



जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

यसैगरी, अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र तराई भूभागहरु हुसु्कु र कुहिरो लागेको र बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको छ ।

त्यस्तै, आज दिउँसो सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

भने, राति सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता