ताजा समाचार राजनीति

प्रचण्ड(माधवले भाषण गर्ने स्टेज अगाडी ‘केपी ओली जिन्दावाद !भन्दै नारा लागेपछि

काठमाडौं । संसद विघटनको विरोधमा शुक्रवार शक्ति प्रदर्शनका लागि प्रचण्ड माधव समुहले विहानै देखि काठमाडौका सडक जाम बनाएका छन् । उपत्यकाका दर्जनौ स्थानवाट जुलुस निस्केकाले अस्तब्यस्त भएको हो ।

सडकमा ओर्लिएको नेकपाले अझ काठमाडौंमा सरकारविरुद्ध आन्दोलन गर्दैछ। अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको नेतृत्वमा रहेको नेकपाले रत्नपार्कमा प्रदर्शन गर्न लागेको हो। त्यसका लािग रत्नपार्कमा स्टेज निर्माण भइरहेको छ ।

तर त्यसैको नाकै मुनी प्रधानमन्त्री केपी ओलीका कार्यकर्ताले नारावाजी गरेका छन् । प्रतिनिधि सभा विघटनपछि सत्ताबाट सडकमा झरेको नेकपाले काठमाडौंमा पटकपटक शक्ति प्रदर्शन गर्न थालेको छ।

आज दुई लाख मानिस काठमाडौंमा उतार्ने र उपत्यका अस्तव्यस्त पार्ने उद्घोष यस अघि नै प्रचण्डले गरेका थिए । यसका लागि आन्दोलनकारीले बिहानैबाट बाटो जाम गरेर हिडेका छन् । प्रदर्शनीमार्गको क्याम्पसक्षेत्रमा गाडी छिर्न प्रहरीले रोक्न थालेको छ।

प्रचण्ड माधव नेपालले भाषण गर्ने मञ्च बनाएकै ठाउँ नजिकै ओली पक्षका कार्यकर्ताले नारावाजी गरेका हुन् । प्रदर्शनीमार्ग क्षेत्रमा पर्ने आरआर क्याम्पसभित्र प्रधानमन्त्री ओलीको पक्षमा नाराबाजी चलेको हो । बाहिर स्टेज बनिरहेको बेला आरआरमा नाराबाजी चलेपछि क्याम्पस गेटमा अहिले प्रहरी तैनाथ गरिएको छ। प्रहरीले उच्च सतर्कता अपनाएको छ । फाइल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *