Logo

प्रचण्ड(नेपालले शुक्रवार काठमाडौ अस्तब्यस्त बनाए, जनताको सडकमै घण्टौं बास



काठमाडौ । शुक्रवार काठमाडौंका अधिकांश सडक ट्राफिक जामले अस्तव्यस्त बनेका छन्। कतै गन्तब्यका लागि निस्कनु भएको छ भने आज तपाईलाई घण्टौ सडकमै विताउनु पर्नेछ ।

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड९नेपाल समूहको विरोधसभा तथा शक्ति प्रदर्शनका लागि निस्किएका जुलुसका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो। संसद विघटन विरुद्ध आन्दोलनमा उत्रिएका प्रचण्ड नेपाल समुहले आज काठमाडौ अस्त ब्यस्त बनाउने चुनौती दिएका थिए । नभन्दै काठमाडौको अवस्था आज त्यस्तै बनेको छ ।

राजधानीका एक दर्जन ठाउँबाट जुलुस निस्किएका छन्। काठमाडौं, भक्तपुर र ललितपुरबाट ठूलो संख्यामा नेकपा कार्यकर्ता भृकुटीमण्डपतिर एकीकृत भइरहेका छन्। जसका कारण गन्तब्यका लागि निस्किएका सर्वसाधारण समस्यामा परेका छन् ।

माइतीघर, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, कोटेश्वरलगायत ठाउँबाट जुलुस निस्किरहेका छन्। ती जुलुसका कारण मुख्य तथा भित्री सडकहरू अस्तव्यस्त बनेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

‘भित्री कोर एरियाका सबै सडक अस्तव्यस्त छन्,’ महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, ‘मुख्य सडकमा जाम ठूलो छ, रिङरोडमा पनि असर परेको छ।’ बिहानैदेखि ट्राफिक प्रहरीलाई सडकमा उतारे पनि जुलुसका कारण जाम नियन्त्रण गर्न नसकिएको अधिकारीले बताए।

नेकपा प्रचण्ड(नेपाल समूहले आज भृकुटीमण्डपमा विरोधसभा गर्दैछ। प्रधानमन्त्रीले गैरसंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड)नेपाल समूहले विरोधसभा गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता