Logo

लालु यादव सिकिस्त, अस्पतालमा यस्तो अवस्थामा



भारतका चर्चित नेता तथा बिहारका पूर्व मुख्यमंत्री लालूप्रसाद यादव बिरामी भएका छन् । उनको स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । जेलमा रहेका यादवको रिम्स बिरामी हुँदा रिम्स अस्पतालमा उपचार हुने गर्छ ।

बहुचर्चित चारा घोटालामा उनी जेल गएका थिए । जेलको नियम नमानेको भन्दै उनीमाथि थप मु द्दा परेको थियो । बिगत साढे दुई वर्षदेखि लालु यादवको रिम्स अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई सन् २०१८ मा उपचारका लागि जेलबाट रिम्समा सारियो र त्यसबेलादेखि उनी लगातार रिम्समा उपचार भइरहेको छ। लालूलाई पहिलो पटक रिम्सको कार्डियोलोजी विभागमा भर्ना गरिएको थियो।

राष्ट्रिय जनता दलका नेता लालूको तर्फबाट जमानत याचिकाको सुनुवाइको क्रममा सीबीआईको तर्फबाट यो प्रश्न उठेको थियो कि उनले जेलको नियमको अपहेलना गरिरहेको छ र यो उच्च अदालतको आदेशको अवहेलना हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता