Logo

‘एटीएम’मा राखेको १२ लाख रुपैयाँ मुसाले काटेर धुजा(धुजा बनाएपछि‘



एजेन्सी । मुसाले एटीएममा राखेका १२ लाख रुपैयाँ पैसा काटेको फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यो फोटो खुसेन्द्र शर्मा नामका एक व्यक्तिले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

उनले क्याप्सनमा लेखेका छन्,’एक अनौठो ब्रेकिङ न्युज, गुहावटीमा एक एटीएम मेसिनमा १९ मे का दिन २९ लाख ८४ हजार रुपैयाँ राखिएको थियो ।

टेक्निक खराबीका कारण मेसिन २० मेदेखि १० जूनसम्म बन्द भएको थियो । जब ११ जूनको दिन मेसिन बनाएर खोल्दा यस्तो घटना देखियो ।’ अहिले सामाजिक सञ्जालमा यो फोटो अत्याधिक भाइरल बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता