Logo

यी हुन् अन्तराष्ट्रिय मानव अधिकार संगठनका नेपाल प्रमुख (रु), जो एक जनालाई अमेरीका पठाएको १५ लाख रुपैयाँ लिन्छन्



नेपालमा अन्तराष्ट्रिय मानव अधिकार संगठनको कुनै शाखा छैन । न त यो नाम गरेको संगठन नेपालमा कतै दर्ता भएको छ । तर एक ब्यक्तिले यस्तै नामको संठगनको आफू अध्यक्ष भएको दावी गरेका छन् ।

उनले आफू अध्यक्ष भएको एक परिचय पत्र समेत बनाए र त्यो अरुलाई ठग्न प्रयोग गरे । यी ब्यक्तिले सोझा जनतालाई आफू ठूलो मान्छे भएको र अमेरीका पठाइदिने भन्दै पैसा उठाउन समेत भ्याए ।

ती ब्यक्तिले आफूलाई अन्तराष्ट्रिय मानव अधिकार संगठनको अध्यक्ष हुँ र अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गरेका थिए । हाल उनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनको स्थायी घर संखुवासभाको पाँचखपन गाउँपालिका वडा नं ५ खमारे हो । हाल उनी काठमाडौं महानगरपालिका वडा नं ७ मित्रपार्क, चावहिल बस्ने गरेका थिए । ती ब्यक्ति ६० वर्षीय तुलसी थापा भएको प्रहरीले जनाएको छ ।

उनले आफू अमेरिकाको कार्यक्रममा जाँदा पाँच वर्षको मल्टिपल भिसा लगाइदिने भन्दै विश्वासमा लिएर ठगी गरेका थिए ।

अहिलेसम्म उनले १५ लाख रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनले ठगी गरेको भएमा प्रहरीको सम्पर्कमा आउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता