Logo

९५ वर्षीय अधिवक्तालाई पनि मन परेन ओलीको कदम, अदालतको इजलासमा उभिएर सोधे यस्तो गम्भिर प्रश्न



काठमाडौ । प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। बुधवार पनि त्यो क्रम जारी थियो ।

बुधबार भएको सुनुवाइको वहसमा ९५ वर्षीय बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी पनि उपस्थित थिए । उनले पार्टीको विवादका सुल्झाउन नसकेर प्रधानमन्त्री ओलीले जनताको वारिसको रूपमा रहेको संसदलाई भंग गरेकोमा आफुलाई दुख लागेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम सर्वसत्तावाद लाद्नने प्रयत् भएको उनको भनाई छ । उनले जनताले दिएको सार्वभौम अधिकार मिचेर गलत कदम उठाएको उनको तर्क छ। पार्टीको विवादमा ओ‌लीले संसद सकाएको भण्डारीले बताए।

आफ्नो विरोधमा लागेका पार्टीका मान्छेलाई देखाइदिन ओलीले संसद विघटन गरेको भन्दै उनले प्रश्न गरे संसदको के कसुर थियो रु मनमोहन अधिकारीले गरेको विघटनमा सर्वोच्चले गरेको व्याख्या पढ्न उनले इजलासलाई सुझाए।

‘आफुलाई काम गर्न नदिनेलाई कारवाही गर्नुपर्नेमा प्रधानमन्त्रीले गलत कदम उठाएको उनले बताए । उहाँले जनताको वारेसको विश्वासमा काम गर्नु पर्छ। जब अविश्वासको प्रस्ताव आउँछ भन्ने थाहा भयो। संसदै विघटन गरिदिनु भयो,’ भण्डारीले सोधे, ‘संविधानमै नभएको अधिकार प्रयोग जनताको वारेसलाई स्वाहा गर्ने रु’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता