Logo

अमेरिकामा नेपाली गणितज्ञहरुको छाता संगठन सम्मेलन गर्ने तयारी



एएनएमएको अध्यक्षमा डा। नेपाल
काठमाडौं । अमेरिकामा नेपाली गणितज्ञहरुको छाता संगठन ‘एसोसिएसन अफ नेप्लिज म्याथम्याटीसियनस् इन अमेरिका (एएनएमए) को अध्यक्षमा डा। केदार नेपाल निर्वाचित भएका छन्। एएनएमएको छैटौं साधारण सभाले डा। नेपालको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालको निम्ति ११ सदस्सिय कार्यसमिति गठन चयन गरेको हो।

 

कार्यसमितिमा डा। राम काफ्ले ९उपाध्यक्ष०, सुवास आचार्य (उपाध्यक्ष) डा। अशोक अर्याल ९सचिव०, डा। ईश्वरी कुँवर ९कोषाध्यक्ष० निर्वाचित भएका छन् भने अर्चना तिम्सिना, डा। बसन्ती पौड्याल, डा। बुद्धिराज पन्थ, डा। जनक जोशी, डा। मिलन बिमली र डा।किरण मैनाली सदस्यमा निर्वाचित भएका छन्।

नव निर्वाचित अध्यक्ष डा। नेपालले आगामी दुई वर्षको कार्यकालमा अमेरिकामा बसेका नेपाली गणितज्ञहरुको बीचमा सम्पर्क र सहकार्यलाई निरन्तरता दिँदै संस्थाले विगतमा गर्दै आएका गतिविधीहरुलाई अझै परिस्कृत गर्ने, र उहाँहरु बीचमा अझै धेरै सहकार्य गर्न सकिने वातावरण बनाउन लागि पर्ने बताए। गणित, तथ्यांकशास्त्र, र गणित शिक्षा जस्ता विषयहरुमा वहाँहरुसँग भएका अनुसन्धान र अध्यापनका ज्ञान र सीपहरु आदान प्रदान गरेर नेपालमा ती बिषयहरुको अध्ययन, अध्यापन र अनुसन्धानलाई अझै उपयोगी र गुणस्तरीय बनाउनमा सहयोगी भूमिका खेल्न आफ्नो टीम लागि पर्ने नवनियुक्त अध्यक्ष डा। नेपालको बताए। यसका लागि नेपाल गणित समाज लगायत देशका विभिन्न विश्वविद्यालयका सम्बन्धित शैक्षिक विभागहरुसँग सम्पर्क, समन्वय र थप सहकार्य गर्ने पनि बताए।

नेपाल र नेपालबाहिर रहेका नेपाली गणितज्ञहरुबीच गणित विषयको अध्ययन, अनुसन्धान र अध्यापनको लागि सहकार्य गर्दै नेपालमा गणित शिक्षाको स्त्तरोन्नतिको लागि काम गर्ने उद्देश्यका साथ सन् २०१० मा स्थापना भएको यस संस्थाले स्थापनाकाल देखि नै नेपालमा गणितका कार्यशाला, गोष्ठी र अन्तराष्ट्रिय सम्मेलन गर्दै आएको छ।

सन् २०२२ को मे महिनामा संस्थाले नेपाल गणित समाजलगायत त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका गणित र गणित शिक्षा विभागको सहकार्यमा दश दिने कार्यशाला सहित ती विषय सम्बन्धि चार दिने बृहत अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्न गइरहेको अध्यक्ष नेपालले जानकारी दिए।

पोखरामा हुन गइरहेको उक्त सम्मेलनमा गणितका विभिन्न बिषयका छ जना विश्वविख्यात अनुसन्धानकर्ताहरुले प्रवचन दिने र अन्य विभिन्न मुलुकका ३०० को हाराहारीमा गणितका अध्येता, अध्यापक र अनुसन्धानकर्ताहरु जम्मा भएर आफ्ना अनुसन्धान प्रस्तुत गर्ने विश्वास संस्थाका निवर्तमान अध्यक्ष डा। केशव पोख्रेलको छ।

सम्मेलनका सह संयोजक डा। गोकर्ण अर्यालले उक्त सम्मेलनले नेपालमा रहेका गणित सम्बन्धि विषयहरुमा प्राध्यापन र अनुसन्धान गर्ने व्यक्तिहरुलाई थप हौसला दिनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा पनि ठूलो सहयोग पुर्याउने बताए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता