Logo

बाबुरामलाई करिश्माको प्रश्न( यही हो राजनीतिक संस्कार ?



काठमाडौँ। नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर कुनै समय पूर्वप्रधानमन्त्री तथा नेता डा। बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा आबद्ध थिइन् ।

नयाँ शक्तिमा रहँदा उनले पार्टीको हरेक गतिविधिमा सक्रिय सहभागिता जनाइन् । पछिल्ला वर्षमा आफ्नो पढाईलाई निरन्तरता दिएपछि उनले नयाँ शक्तिबाट आफूलाई अलग्याइन् । अहिले डा। भट्टराई पनि नयाँ शक्तिबाट जनता समाजवादी पार्टीका नेता भइसकेका छन् ।

करिश्मा सामाजिक सञ्जालमा सक्रिय सेलिब्रेटीमा पर्छिन् । उनी राजनीतिक, सामाजिकलगायतका विषयबस्तुमा आफ्ना धारणा राख्दै आइरहेकी छन् ।

यिनै करिश्माले डा। भट्टराईलाई राजनीतिक संस्कार सिक्न आग्रह गरेकी छन् । डा। भट्टराईले फेसबुकमा ‘ओली प्रतिगमनविरुद्ध आज ९माघ ७ गते० सबै जिल्लाहरुमा हुने जसपाको जनसभामा सहभागी बनौं । म कैलालीको टीकापुरमा हुने जनसभामा सहभागी हुनेछु’ भन्दै स्टाटस पोस्ट गरेपछि करिश्माले त्यो स्टाटसमा आफ्नो आक्रोश पोखेकी छन् ।

करिश्माले बाबुरामको स्टाटसलाई शेयर गर्दै भनेकी छन्, ‘तपाईँ जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देखेर दुःख लाग्छ डा। साब । यही हो नेपालीले पाएको गणतन्त्र १ यही हो राजनीतिक संस्कार रु देश विकास कहिले हुने रु’

करिश्माको पछिल्ला स्टाटस हेर्दा उनमा राजनीतिक वितृष्णा रहेको बुझ्न गाह्रो छैन । बुधबार मात्रै उनले ‘संसद विघटनमा लडाइँ रे । धार त प्रष्ट छ । जनतालाई दुःख दिने रु’ स्टाटस पोस्ट गरेकी छन् ।

नयाँ शक्तिले दशरथ रंगशालामा गरेको कार्यक्रम सञ्चालन गर्दा बोल्न नजानेको भन्दै उनको आलोचना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता