Logo

यी हुन् मिस मंगोल भै सकेकी शेरधन राइकी हुनेवाला श्रीमति, यस्तो छ उमेर अन्तर



प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विहे तय भएको छ । उनले को संघ बिहे हुने भनेर सार्वजनिक रुपमा भनेका भने छैनन् । उनले यही ११ माघमा बिहे गर्ने पक्का भएको छ । यसको पुष्टी मुख्यमन्त्रीको सचिवालयले गरेको छ ।

एक श्रोतले मुख्यमन्त्री राईको हुनेवाला श्रीमतिको नाम बताएको छ । श्रोतका अनुसार राई सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिहे गर्न लागेका हुन् । ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हो ।

मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ । प्रेममा उमेर र वर्गले छेक्दैन भन्ने भनाइलाई मुख्यमन्त्री राई र ज्याङ्मुले चरितार्थ गरेका छन् । स्रोतका अनुसार उनीहरु करिब एक वर्षयता प्रेममा थिए ।

मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् ।

‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्यमन्त्री राई र ज्याङ्मु नजिकिएको स्रोतको भनाइ छ ।

बिहेपछि मुख्यमन्त्री राईले काठमाडौं र विराटनगरमा शुभचिन्तक, राजनीतिककर्मी, उद्योगी र कर्मचारीलगायतलाई भोज दिने छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता