Logo

चितवनमा मध्यराती बस र ट्रक ठोक्किए, एक जनाको निधन



काठमाडौ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको निधन भएको छ ।

निधन हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौँबाट काँकडभिट्टातर्फ गइरहेको ना७ख २१११ नंको बस र विपरीत दिशाबाट आइरहेको ना६ख ४२८१ नंको ट्रक एकापसमा ठक्कर खाएको थियो ।

ठक्करबाट घाइते भएका बसका चालक श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै निधन भएको हो ।

राति ११ बजे भएको दुर्घटनामा परी बसका सहचालक रौतहट चपुर–४ बस्ने ४९ वर्षीय विनोद शर्मा सङ्ग्रौला र ट्रकका सहचालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का सुनिलकुमार साह घाइते भएका छन् ।

घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको र बसमा सवार १५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । ठक्कर खाने ट्रकका चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता