Logo

पोखरामा एक बृद्धाको १ लाख चोरेर एक भारतीय महिलाले जब आफ्नो गोप्य अंगमा लुकाइन्



भारतबाट नेपाल आएर मजदुरी गर्ने एक समुह चोर भएको पत्ता लागेको छ । उक्त समुहले पोखरामा एक बृद्धाको एक लाख रुपैयाँ नगद चोरेपछि पैसा ब्यवस्थापन गर्ने अनौठो जुक्ती लगाएको छ ।

चोरी कार्यमा महिलाको प्रयोग भएको छ भने उनका दुई पुरुष साथी पनि छन् । उनीहरु भारतको विहार जोगवनीथाना घर भई अमरसिंचौरमा बसेका २५ वर्षीय सुवास बन्जडा, २५ वर्षीय सीतादेवी तिवारी र सोही उमेरका सोनु तिवारी हुन् ।

महिलाले दिएको हुलियाको आधारमा जब तीनै जनालाई प्रहरीले खान तलासी गर्यो, उनीहरुले पैसा लुकाउन लगाएको आइडिया देखेर प्रहरी नै चकित भयो । तीनै जनाले आफ्नो गोप्य अंगमा पैसा लुकाएका थिए । त्यहाँ नअटाएको रकमलाई सु र्ती को खोलमा लुकाएका थिए ।

तीन जना चोर मिलेर पोखरा चाउथेंकी ६५ वर्षीया वृद्धाको एक लाख रकम ब्यागबाट झिकेका थिए । प्रहरीले अनुसन्धान गर्दा उनीहरु नै चोर भएको शंका भएको थियो र खोज्दा यसरी लुकाएको एक लाख बढि रकम प्राप्त भएको थियो । सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता