Logo

टोखा घटना सेलाउन नपाउँदै उपत्यकामा फेरि घरभित्रै मृत भेटिए दम्पती, घटनास्थलमा फेला परे यस्ता चिज



काठमाडौ । टोखा घटना सेलाउन नपाउँदै उपत्यकामा फेरि एक दम्पती घरभित्रै मृत भेटिएका छन्।ललितपुरको महालक्ष्मी नगरपालिका९७, चाँगाथलीमा एक दम्पत्ती मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु त्यहाँ डेरा गरी बस्ने गरेको खुलेको छ ।

दम्पत्तीको वास्तविक घर राजविराज रहेको प्रहरीले जनाएको छ । ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती निर्मला पोखरेल सोमबार मृत भेटिए पछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा केही संकास्पद बस्तु पनि फेला परेका छन् । जसवाट उनीहरुले देह त्याग गरेको हुनसक्ने बताइएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख ९एसएसपी० किरण बज्राचार्यले घटनास्थलमा वि षको सिसा पनि फेला परेकाले यस्तो आशंका उब्जिएको बताएकी छन् । तर पनि अनुसन्धान नगरी केही भन्न नसकिने उनको भनाई छ । उनले कोठाभित्र स्ल फर नामको वि षको सिसा फेला परेको हो ।

प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन विभिन्न कोणवाट अनुसन्धान थालेको छ भने ‘पोस्टमार्टमको पर्खाइमा पनि रहेको छ । पोष्टमार्टम रिपोट आएपछि मात्रै के हो भन्न सकिने प्रहरीको भनाई छ ।

केही दिनअघि काठमाडौँको टोखामा पनि दम्पती घरभित्रै मृत भेटिएका थिए। उक्त घटनामा पत्नी सुदीक्षा गिरीले नै पति उमेश केसी माथि घटना गराएर आफुले पनि देह त्याग गरेको प्रहरी अनुसन्धान बाट खुलेको थियो। सो घटनाको वास्तविकता पुरै अनुसन्धान भइनसक्दै फेरी त्यस्तै प्रकृतिको घटना दोहोरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता