Logo

उदयपुरकी यी सुन्दर युवती तपाईले चलाउने फेसबुककी हुन् सफ्टवेयर इन्जिनियर, अमेरीकामा बसेर यसरी गर्दैछिन् फेसबुकलाई ब्यवस्थित



तपाईले अहिले चलाईरहेको फेसबुक कसले ब्यवस्थित गरिरहेको छ, थाहा छरु तपाईको जानकारीको लागि, यो फेसबुकको प्राविधिक पाटो ब्यवस्थापन गर्ने काममा एक नेपाली चेली पनि छन् । ती चेली नेपालकै उदयपुरकी हुन् ।

बार्षिक २ करोड बढि नेपाली रुपैयाँ तलव खाएर अमेरीकामा फेसबुकको मुख्यालयमा काम गर्ने ती चेली उदयपुरस्थित रौतामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षीय बैअबु राई हुन् ।

उनी हालै अमेरिकाको क्यालिफोर्नियास्थित फेसबुकको मुख्यालयमा सिनियर सफ्टवेयर इन्जिनियरको रुपमा प्रवेश गरेकी हुन् ।

उनले उदयपुरस्थित गाईघाटको लालीगुराँस आवासीय विद्यालयबाट शिक्षाको प्रारम्भ गरेर काठमाडौंस्थित बुढानिलकण्ठ स्कुल हुँदै बेलायतको एक प्रतिष्ठित कलेजबाट स्नातक र अमेरिकास्थित म्यासेच्युसेटस् इन्स्टिच्युट अफ टेक्नोलोजीबाट कम्युटर साइन्सबाट सन् २०१३ मा ग्राजुएटेड भएकी थिइन् ।

आफ्नो भाञ्जी फेसबुकको हेड्क्वाटरमा नियुक्त भएर काम गर्न थालेकी भन्दै उदयपुरका रकम चाम्लिङले फेसबुकबाटै खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता