Logo

जनप्रतिनिधि नै सहकारी संस्थाको म्यानेजर भएको खुलेपछि‘।



जनताबाट मत पाएर निर्वाचित जनप्रतिनिधिले तलव लिएर जागिर खान कानूनत मिल्दैन । तर सङ्खुवासभाको पाँचखपन नगरपालिकाका एक जनप्रतिनिधि सहकारीको म्यानेजर भएर नियमित तलब समेत बुझ्ने गरेको पाइएको छ ।

ती जनप्रतिनिधि पाँचखपन नगरपालिकाका कार्यपालिका सदस्य सीता तामाङ हुन् । उनी त्यहाँ गुप्तेश्वर साना किसान कृषि सहकारी संस्थाको म्यानेजर पदमा कार्यरत रहेको समाचार एक अनलाईन न्यूज पोर्टलले छापेको छ ।

सितालाई नगरपालिकाले न्यायिक समितिको सदस्यको जिम्मेवारी समेत दिएको छ । उनलाई सामाजिक विकास समितिको संयोजकसमेत बनाइएको छ । तर उनको जागिर भने उक्त सहकारीमा रहेको पाइएको छ ।

मासिक १७ हजार रुपैयाँ सिताको सहकारीबाट तलब आउने गरेको छ । उनी म्यानेजर रहेको सहकारीले नगरपालिका क्षेत्रमा मल बिक्री वितरण गर्नेसमेत जिम्मेवारी रहेको छ । भने यसको वानामा सेवा केन्द्र रहेको छ ।

सीता तामाङले जनप्रतिनिधिले सहकारी संस्थामा कर्मचारी भएर मिल्ने दावी गरेकी छिन् । अहिले उनी र उनका पतिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दर्ता भइसकेको छ ।

उनका पति रामजी बम्जन सोही सहकारीको सचिव पदमा कार्यरत छन् । उनी खप्टुवा माध्यमिक विद्यालयका शिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता