Logo

काठमाडौको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी



काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा मंगलवार अचानक आगलागी भएको छ । अपार्टमेन्टको माथिल्लो तलावाट आगलागी सुरु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

आगलागी अन्यत्र फैलन नदिन यतिबेला प्रहरी र स्थानियबासीन्दा लागेका छन् । दमकलको सहायतामा आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।

अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले आगलागीको कारणबारे खुल्न नसकेको बताए ।

आगलागीको कारण बारे अहिले सम्म खुल्न सकेको छैन । पहिलो प्राथमिकता आगलागी नियन्त्रण हो हामी त्यसमा लागेका छौं । उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता