Logo

टोखा घटनामा नयाँ रहस्य, ‘सुदिक्षा जिउँदै हुँदा दिदी शर्मिला बहिनी भेट्न पुगेकी थिइन्’



पाँच दिन पछि अमेरीका जान लागेका उमेश केसीको ज्यान लिइएको घटना र उनको श्रीमति सुदिक्षा गिरिको देह त्याग घटनामा नयाँ रहस्य खुल्दै गएको छ ।

काठमाण्डौंको टोखामा भएको उक्त घटनामा उमेशको मृत्युको लामो समयसम्म सुदिक्षा जिवित रहेको पाइएको थियो ।

उक्त दम्पति टोखास्थित ग्रान्डी भिल्ला कोलोनीमा बस्दै आएका थिए । घटनाको प्रहरीले प्रारम्भिक अनुसन्धानमा सुदीक्षाले नै उमेशको ज्यान लिएपछि देह त्याग गरेको खुले पनि त्यसको कारण भने अझै पत्ता लागेको छैन ।

प्रहरीले अनुसन्धानका क्रममा सुदीक्षा २ महिनाकी गर्भवती रहेको र सुदीक्षाभन्दा उमेशको मृत्यु १२ देखि २४ घण्टाको अन्तरमा भएको पोष्टमार्टमबाट थाहा भएको बताएको छ ।

अहिले अर्को रहस्य खुलेको छ । सुदीक्षाले उमेशको ज्यान लिएपछि आफ्नी दिदी शर्मीलालाई कोलोनीमै बोलाएको खुलेको छ ।

घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीका अनुसार सुदिक्षाकी दिदीलाई उमेशको मृत्युबारे जानकारी भएको हुनसक्छ ।

प्रहरीका अनुसार शर्मीला आठ बजेतिर कोलोनीमा पुगेको खुलेको छ । शर्मीलाले त्यसबेला सुदीक्षासँग जम्मा २ मिनेट बिताएकी देखिन्छ । शर्मीला पठाओ प्रयोग गरेर त्यहाँ पुगेकी थिइन् र त्यही चालकसँग फर्किएको पत्ता लागेको छ ।

शर्मिलाले पनि उक्त कुरा स्वीकारेको प्रहरी अधिकारीले बताए । सुदिक्षाको फोन नउठेपछि त्यहाँ पुगेको तर तुरुन्तै फर्किएको र यस्तो घटनाको कल्पना समेत नगरेको उनले बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता