Logo

करोडौंको जग्गा छ भनेर सुर्खेतमा जग्गाधनी मख्ख थिए, मालपोतका कर्मचारीले घुस खाएर अर्कैको नाममा गरिदिएपछि परे अचम्ममा



सुर्खेतका सौगात रावतको नाममा वीरेन्द्रनगरको शंकरचोकमा ६ कट्ठा जग्गा थियो । चल्तीको मुल्य अनुसार करोडौं आउने उनको अनुमान थियो । जब उनी एक् दिन मालपोत पुगे तब उनी अचम्ममा परे ।

उनको जग्गा मध्ये त चार कट्ठा त अर्कैको नाममा गइसकेको थियो । मालपोतका कर्मचारीले उनलाई थाहै नदिएर उनको जग्गा अर्कैलाई सौगातको पास गरिदिएछन् । यो कुरा थाहा पाएपछि त उनको हो स नै हरायो ।

अहिले जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ता का’ट गरी फरकफरक व्यक्तिलाई बेचेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले प्रारम्भिक अनुसन्धान शुरु भइसकेको बताए ।

उनले भने, ‘पी डि त को जाहेरी आउन बाँकी छ, जाहेरी आइसकेपछि विस्तृत अनुसन्धान शुरु हुन्छ ।’ प्रहरी निरीक्षक शाहीले अर्का आरोपी ठाकुर फ रा र भएको र उनको खोजी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता