कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ लाई आपतकालीन प्रयोगका लागि अनुमति

काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरस कोभिड(१९ को आपतकालीन प्रयोगका लागि ‘कोभिसिल्ड’लाई अनुमति दिएको छ ।
औषधि व्यवस्था विभागले सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिएको हो ।
कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो । भारतमा पनि यो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।