Logo

जिल्ला समन्वय समितिका प्रमुखले कार्यालय समयमै जुवा खेलाए, प्रहरीले यस्तो अवस्थामा फेला पार्यो



एक जिल्ला समन्वय समितिका प्रमुखले कार्यालय समयमै जुवा खेलाएका छन् । उनले अन्य चार जना भेला पारेर जुवा खेलाएका हुन् । ती जुवाडे प्रमुख भने रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गेजेन्द्रबहादुर ओली हुन् ।

प्रहरीले रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ पातुखोलास्थित भरत घर्तीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको छ ।

रुकुम पूर्वका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक कपिल शाहीका अनुसार शुक्रबार दिउँसो ३ बजेतिर जिल्ला समन्वय समिति प्रमुख ओलीले जुवा खेलाइरहेको ठाउँमा प्रहरी पुगेको थियो ।

प्रहरीले पृथा उत्तरगंगा गाउँपालिका वडा नम्बर– ५ का २९ वर्षीय सुभाष घर्तीमगर, सोही गाउँपालिका वडा नम्बर– १० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर–७ का ४२ वर्षीय लिलबहादुर पुन र मुसिकोट नगरपालिका वडा नम्बर– १ का ३७ वर्षीय कमल गिरीलाई समातेको छ ।

जुवा खेलिरहेका अवस्थामा पक्राउ परेका उनीहरूका साथबाट २५ हजार नगद, तीन जोडी तास पनि बरामद भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता