Logo

धनगढीमा बेवारिसे शव भेटियो, खोजी गर्दै जाँदा प्रहरी जवान निस्किए



धनगढीमा एक बेवारिसे शव भेटिएपछि स्थानीय चनाखो हुन्छन् । प्रहरीले समेत आफ्नो संयन्त्र परिचालन गर्छ । स्थानीय कसैको हो की भनेर खोजीनिति हुन्छ तर जब बास्तविकता पत्ता लाग्दा सबैलाई चकित बनाउनँछ ।

धनगढी उप–महानगरपालिकाको मनहेरामा हुलाकी सडकखण्डको निर्माणाधिन कल्भर्टमा एक बेवारिसे शव फेला परेको सूचना प्रहरीलाई पुगेको थियो । बेवारिसे शव नजिकै मोटसाइकल भएकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको थियो ।

अहिले उक्त शवको पहिचान खुलेको छ । मोटरसाइकल दुर्घटना भएको अवस्थामा मृmत फेला परेका व्यक्ति जिल्ला का रा गा र कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको हो ।

मृ त भेटिएका चौधरी घर फर्किने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चौधरी सवार मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । चौधरी गौरीगंगा नगरपालिका–१० का स्थानीय बासिन्दा भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता