Logo

सगरमाथाको नाम माउण्ट सिकन्दर राख्न भारतको प्रस्ताव, नयाँ नाम के नेपालले मान्ला  ? 



भारतीय गणितज्ञ राधानाथ सिकदरको नाममा सगरमाथाको नाम हुनुपर्ने भन्दै भारतीय टिभी च्यानल जी टिभीले एक कार्यक्रम बनाएको छ । यसका प्रधानसम्पादक सुधीर चौधरीले काला पत्थरबाट स्थलगत रिपोर्टसहित उक्त कार्यक्रम बनाएका हुन् ।

चौधरी प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन नेपाल आएका थिए । यसै मेसोमा उनी कालापत्थरसम्म पुगेर उक्त कार्यक्रम बनाएका हुन् ।

चौधरीले त्यो कार्यक्रममा ‘एभरेस्टको नाम भारतीय गणितज्ञ राधानाथ सिकदरको नाममा सगरमाथाको नाम हुनुपर्ने बताएका थिए ।

एकताका नेपालबारे अप्रिय समाचार प्रशारण गरेपछि यो टिभी च्यानल बन्द भएको थियो । यसको झारखण्ड च्यानलले त झन प्रधानमन्त्री केपी शर्मा ओली र नेपास्थित चिनियाँ राजदूतलाई जोडेर अपमानजनक कार्यक्रम नै प्रशारण गरेको थियो ।

चौधरीले कालापत्थरबाट तयार गरेको कार्यक्रममा राधानाथ सिकदरकै प्रेरणाबाट आफूले सगरमाथालाई नजिकबाट हेर्ने मौका पाएको बताएका छन् ।

चौधरीको दावी अनुसार राधानाथ सिकदर भारतका महान गणितज्ञ थिए । उनले सन् १८५२ मा पहिलो पटक विश्वकै सबैभन्दा अग्लो हिमालको उचाइ नापेका थिए ।

यो च्यानल भारतीय जनता पार्टी नजिकको मानिन्छ । यस अर्थमा भोलि औपचारिक माध्यमबाट नेपाललाई सगरमाथाका नाम परिवर्तन गर्ने प्रस्ताव आएमा के नेपालले मान्लारु राजनैतिक नेताहरुको प्रतिक्रिया के होलारु प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता