Logo

‘जी न्युजलाई दिएको ओलीको अन्तरवार्ता नाटक, ओली र जी न्युजले माफी माग्नुपर्छ’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजन जी न्युजलाई दिएको अन्तरवार्ताको अहिले चर्चा भएको छ । उनले सिमा विवाद, राष्ट्रियता र विदेश नीतिको वारेमा दिएका अभिब्यक्तिको प्रशंसा भएको हो । तर नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय न्युज टिभी च्यानल जी न्युजलाई दिएको अन्तर्वार्ता नाटकमात्रै भएको बताएका छन् ।

बुधबार काठमाडौमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुने । आफु समस्यामा पर्न लागेपछि ओलीले राष्ट्रवादको नाटक गर्ने टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले जुन च्यानलाई अन्तरवार्ता दिएको सोही च्यानलले सगरमाथाको नामै फेर्ने सम्मको समाचार दिएको छ ।

कालापत्थरमा पुगेर सगरमाथालाई पृष्ठभूमीमा पारेर भारतीय पत्रकार सुधिर चौधरीले सगरमाथाको नाम फेर्नुपर्ने र भारतले पनि त्यसमा दावी गर्नुपर्ने भन्दै अभियान नै चलाएको घोषणा समेत गरेका थिए । सोही प्रशंग उठाउँदै उनले भने, ‘एभरेष्टको नाम फेर्न रे’ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर अन्तर्वार्ता दिएकै भोलिपल्ट भारतीय समाचार संस्था जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपाली अस्मिता र स्वाभिमानमाथि धावा बोल्दै सगरमाथामाथि अत्यन्तै आधारहीन र कपोकल्पित ढंगले दावी पेश गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियुले आपत्ति जनाएको छ ।

अनेरास्ववियुले चौधरी र उनको संचारसंस्थालाई भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण नगर्न र अविलम्ब माफी माग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले पनि माफी माग्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता