Logo

सुनको भाउ निरन्तर आकाशिदै, आज यतिमा भयो कारोवार



सुनको भाउ कति पुग्यो भनेर सबैलाई चासो हुन्छ । अब पुस पछि धार्मिक कार्यहरु समेत हुने भएकाले मानिसमा सुनको भाउको चासो बढेको हो । हाल सुनको भाउ लगातार दोश्रो दिन उकालो लागेको छ ।

बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा किनबेच भएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन तोलामा ६०० रुपैयाँले वृद्धि भई प्रतितोला ९२ हजर ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि बुधबार बढेको छ। यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार चाँदी प्रतितोला २० रुपैयाँले उकालो लागेर एक हजार २५० रुपैयाँ तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता