Logo

भिम रावलको गृहजिल्ला अछाममा ओली पक्षका नेताको गाडी तोडफोड



काठमाडौं । नेकपा अनौपचारीक रुपमा विभाजन भएपछि दुई पक्षका नेता कार्यकर्ताबीच जिल्लामा पनि विवाद सुरु भएको छ । अछाममा नेपाल कम्युनिस्ट पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको गाडीमा तोडफोड भएको छ।

अछाम पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेता भिम रावलको गृह जिल्ला हो । उनको अछाममा राम्रो पकड छ ।

अछाममा आमसभालाई सम्बोधन गर्न पुगेका थापाको गाडीमा तोडफोड भएको हो । प्रधानमन्त्रीको संसद विघटन गरेपछि विभाजन भएको नेकपाका नेताहरु आफ्ना कुरा जनता समक्ष लैजान भन्दै देश दौडाहामा लागेका छन् । प्रधानमन्त्रीको कदम सहि छ भन्दै अछाम पुगेका थापाको गाडीमा तोडफोड भएको हो ।

समूहमा विभाजनपछि ओली समूह रावलमाथि आ’क्रा’मक रुपमा प्रस्तुत भइरहेको छ । थापा अछाम प्रवेश गर्दा नेकपा पार्टी कार्यालय नजिक दाहाल९नेपाल समूहका राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुका युवा तथा विद्यार्थीले उनी चढेको प्रदेश ३ –०१ ०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोड गरेका हुन्।

प्रहरीले भने झ’ड’प’का क्रममा थापाको गाडीमा ढुंगाले लागेको जनाएको छ । अछाम प्रहरी प्रमुख डीएसपी योगेन्द्र थापाले ‘धेरै तोडफोड भएको होइन। दुई पक्षबीच झ’ड’प हुँदा जीपमा ठूलो ढुंगा लागेको हो। सिसा चर्किएको बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता