Logo

काठमाडौंमै एक महिलालाई खम्बामा बाँ धे र सिस्नु पानी लगाइयो, कारण थाहा पाए पर्नु हुनेछ अचम्ममा



शहरमा चेतनाको स्तर माथि रहेको मानिन्छ । तर, काठमाण्डौं उपत्यकामा भएको एक घटनाले यो कुरा गलत सावित गरेको छ । यहाँ दिउसै महिलामाथि अपमान जनक ब्यवहार गरिएको छ ।

काठमाण्डौ उपत्यकामै एक महिलालाई खम्बामा बाँ धे र सिस्नु पानी लगाइएको छ । उनीमाथि यस्तो कार्य गर्ने पनि महिला नै छन् । उनीमाथि लगाइएको आरोप पनि अचम्मको छ । उनीमाथि पर्स चोरेको आरोप लगाइएको छ तर यो आरोप पुष्टि भने भै सकेको छैन ।

अहिले महिलामाथि यस्तो अमानवीय कार्य गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–७ हनुमानघाटकी ४० वर्षीया कृष्णलक्ष्मी कारन्जित र सुनसरी धरान उपमहानगर–१५ घरभई भेलुखेल बस्ने ५२ वर्षीया नानु विक रहेको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी राजेश थापाले बताएका छन् ।

उनीहरुले पुस २१ गते पर्स चोरीको आरोपमा स्थानीय सपना बानुलाई पाटीको खम्बामा बाँ धे र सिस्नु लगाएका थिए । यस घटनामा संलग्न थप व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता