Logo

एउटा सानो गल्तीले ७ वर्षीया अदीतिले संसारबाट कहिले नर्फकिन गरेर बिदा भइन् !



विराटनगर । मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट शनिबार साँझ एक बालिकाको निधन भएको छ। दुर्घटनामा परेर उर्लाबारी नगरपालिका–८ की बीपीसा ओझाकी छोरी ७ वर्षीया अदीति ओझाको निधनभएको हो।

अदीतिलाई उर्लाबारी–५ स्थित भित्री पक्की सडक खण्डमा को २० प ९७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए।

उनका अनुसार दिउँसो ३स्३० बजेतिर उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा साँझ ७स्३० बजेतिर विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमानिधनभएको एसपी शर्माको भनाइ छ।

दुर्घटनामा परेर मोटरसाइकल चालक उर्लाबारी–५ का ५० वर्षीय विनोद अग्रवाल पनि सामान्य घाइते भएका छन्। उनको प्रहरी निगरानीमा गोदावरी अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान थालेको प्रहरीले मोटरसाइकल भने नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता