Logo

यी स्थानमा पर्नेछ हिउँ र पानी, यस्तो रहनेछ आजको मौसम



देशका केही स्थानमा हिम पात तथा केही स्थानमा हल्का बर्षाको सम्भावना देखिएको छ । तराईमा कुहिरो लाग्ने तथा पहाडी क्षेत्र बदली हुने मौसम बिभागको अनुमान छ ।

बिहान देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १७ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

त्यस्तै सुदुरपश्चिम प्रदेशको तराईका भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना छ । त्यस्तै देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता