Logo

गायक प्रमोद खरेलको उजुरी पछि लिना शर्मा प’क्रा’उ



काठमाडौ । गायक प्रमोद खरेल लगायतले उजुरी दिएपछि विन्ध्यावासिनी म्युजिक प्रालीकी अध्यक्ष लिना शर्मालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रतिलिपि अधिकार उल्लंघनको आरोप लगाउँदै परेको उजुरी पछि प्रहरीले सोमवार पक्राउ गरेको हो । लिनालाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी प्रमेश विष्टले अध्यक्ष लिनाविरुद्ध जाहेरी परेपछि अदालतको अनुमति लिएर उनलाई पक्राउ गरिएको जानकारी दिए।

आइतबार गायक प्रमोद खरेल लगायतका कलाकारहरु उजुरी दिन पुगेका थिए । लिनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

‘उहाँ ९लिना० विरुद्ध परिसरमा उजुरी परेको थियो, सोही उजुरीका आधारमा पक्राउ गरिएको हो’, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी प्रमेश विष्टले भने, ‘अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।’

प्रतिलिपी कानुनअनुसार आफूले गीतको स्वामित्व र रोयल्टी नपाएको भन्दै गायक प्रमोद खरेलले उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । पछिल्लो समय यो विषयमा चर्कै विवाद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता