Logo

अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीका लागि खुसीको खबर, यस्तो नियमले अब बेरोजगार हुन नपर्ने



एजेन्सी । अध्ययनका लागि गएका नेपालीहरुका पक्षमा अस्ट्रेलिया नयाँ नियम लागू गरेको छ । कोरोना जोखिमका कारण रोजगार गुमाएकाहरुले यसवाट लाभ लिन पाउने भएका छन् । अब अष्ट्रेलियामा अध्ययनका लागि गएकाहरुले काम गर्न पाउने समय बढाइएको छ ।

ले कोरोना भाइरसका कारण भइरहेको जनशक्ति अभाव कम गर्न सरकारले यस्तो नियम लागू गरेको हो । अध्यागमन विभागका अनुसार यो प्रावधान अस्थायी रूपमा केही महत्त्वपूर्ण क्षेत्रमा मात्र मात्र लागू हुनेछ ।

अस्ट्रेलियाली गृहमन्त्रालयले एक सूचना जारी गर्दै वर्तमान कठिन अवस्थामा स्वास्थ्य, कृषिलगायतका अत्यन्तै जरुरी सेवामा काम गर्नेहरुका लागि समय बढाइएको हो । सूचनामा मन्त्रालयले तत्कालका लागि दुई सातामा ४० घण्टा मात्र काम गर्न पाउने अधिकार बढाएको हो ।

कानुनतः अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले दुई सातामा ४० घण्टा मात्र काम गर्न पाउँछन् । यदि सरकारले दिएको अधिकारभन्दा बढी काम गरेको पाइएमा भिसा रद्दसम्मको सजायको व्यवस्था छ ।

नेपालवाट गएर नर्सिङ होम तथा स्वास्थ्य क्षेत्रमा केयरिङ, नर्सिङलगायत काम गर्नेहरुले यो नियमवाट लाभ लिन पाउने छन् । यसैगरी, अशक्त तथा अपांग नागरिकको रेखदेख र हेरचाह गर्ने काम गरिरहेका विदेशी विद्यार्थीका लागि पनि यो सुविधा छ । सरकारले कृषि क्षेत्रमा काम गरिरहेका विदेशी विद्यार्थीलाई समेत दुई साताको ४० घण्टाभन्दा बढी काम गर्न दिने निर्णय गरेको छ ।

विद्यार्थी परामर्शको क्षेत्रमा काम गरिरहेकाका अनुसार यसले विद्यार्थीलाई अहिलेको कठिन अवस्थामा आर्थिक रूपमा ठूलो राहत दिएको छ । यसले मुख्य गरेर नर्सिङ, अपांगता र कृषि क्षेत्रमा काम गरिरहेका विद्यार्थीले लाभ लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता